Thursday, May 30, 2024
spot_img
Homeफिचरवैशाख ४ मा मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

वैशाख ४ मा मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने

गत चैत ९ गते मधेस सरकारबाट कांग्रेस बाहिरिँदै सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । सत्ता गठबन्धन फेरिएसँगै सरकारबाट नेपाली कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलका अनुसार वैशाख ४ गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनेछन् । यसका लागि मुख्यमन्त्रीका तर्फबाट प्रदेश सभा सचिवालयमा पत्राचार गरिएको सभामुख मण्डलले पुष्टि गरे ।

मुख्यमन्त्री यादवले १५ महिनामा चौथो पटक विश्वासको मत लिन लागेका हुन् । गत चैत ९ गते मधेस सरकारबाट कांग्रेस बाहिरिँदै सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो ।

नयाँ समीकरण अनुसार मधेस प्रदेश सरकारमा जसपा, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टी र लोसपा सहभागी छन् ।

तर मन्त्रालयको भागबण्डाको विषयलाई लिएर सत्तारुढ दलहरूबिच मनमुटाव उत्पन्न भएको छ ।लो सपा मन्त्रालय बाँडफाँटमा असन्तुष्ट छ । लोसपा प्रदेश सांसद रानी शर्माले भनिन्, ‘अहिलेको सरकारमा लोसपाको ठुलो असन्तुष्टि छ । हाम्रो पार्टी एकीकृत समाजवादीभन्दा ठुलो हो । तर हामीलाई एक मन्त्रालय दिइएको छ । अनि एकीकृत समाजवादीलाई केन्द्रीय समीकरण टिकाइ राख्न २ वटा मन्त्रालय दिने सहमति भएको छ । हामीलाई हाम्रो माग अनुसार मन्त्रालय दिइएन भने यथास्थितिमा सरकारमा रहिरहन कुनै जरुरी छैन ।’ 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: