Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीकरेन्ट लागेर ट्रयाक्टर चालकको ज्यान गयो

करेन्ट लागेर ट्रयाक्टर चालकको ज्यान गयो

सर्लाही / सर्लाहीको ब्रह्मपुरीमा करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको ज्यान गएको छ । शुक्रबार बिहान चैते धान रोप्न खेत बनाउदै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर  खेत ट्रयाक्टर चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी पठाइरहेको मोटरबाट करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर बनेका पासवानलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नावय उपरीक्षक श्रेष्ठले बताए । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: