Thursday, May 30, 2024
spot_img
Homeफिचरएउटा बिलमा अर्को समाग्राी हाल्नेलाई कारवाही गरीने :गृहमन्त्री लामिछानेले

एउटा बिलमा अर्को समाग्राी हाल्नेलाई कारवाही गरीने :गृहमन्त्री लामिछानेले

उनले उद्योगी व्यवसायीहरुले एउटा समाग्रीको बिल राखेर अर्को समान पठाउनेलाई गम्भीर रुपमा लिएको बताएका हुन ।

वीरगन्ज,२९ चैत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यपार व्यसायमा राम्रो काम गर्ने उद्योगी व्यवसायीहरुको साथमा गृह प्रशासन रहेको र गलत गर्नेहरुलाई कारवाही गरीने बताएका छन । वीरगन्जमा गृह मन्त्रालय र अर्थ मन्त्रालयद्रारा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा उनले उद्योगी व्यवसायीहरुले एउटा समाग्रीको बिल राखेर अर्को समान पठाउनेलाई गम्भीर रुपमा लिएको बताएका हुन । अहिले बिल बिजकमा जुन समस्या देखिएको छ त्यसलाई पुर्ण रुपमा नियन्त्रण गर्ने गरी कदम चाल्ने उनको भनाई छ । व्यपारको नाममा बिल नबनाउने , गलत बिल बनाउने , एउटा बिलमा अर्को समाग्राी हाल्नेलाई नियन्त्रणमा लिने र कारवाही गरीने उनको भनाई छ । साथै मन्त्री लामिछानेले देशमा अहिले राजस्व संकलनमा देखिएको चुनौतीहरुलाई सामना गर्नका निमित नितिगत रुपमा सरकारले चाल्नु पर्ने कदमको सन्दर्भमा गहिरो ढंगले छलफल गरीरहेको उनले बताए । उद्यारोको कानुनको सन्दर्भमा बाहिरका उद्योगी व्यवसायीहरु यहाँ व्यवसायको वातारणका निम्ती रातो कार्पेट हाल्ने गरिएकाले हाम्रो देशका व्यवपारीहरुलाई बचाउन मख्मलको कार्पेट बिछयाउनेमा उनले जोड दिए । गृह प्रशासनको सन्दर्भमा सहि बातावरणमा गलत कानुनहरुलाई संशोधन गर्दै नयाँ कानुनहरुको तर्जुमा लिनु पर्ने राजस्व लिने र व्यपारीहरुले कर तिर्ने बेलामा जुन दुख पाएको छन त्यसलाई समाधान गरीने उनको भनाई छ । अहिले व्यपारीहरुले ठाँउ ठाँउमा चेकजाँचको नाममा समाजिक प्रतिष्ठा मै आच पुग्ने कार्यमा प्रहरी घरमा पुग्ने अवस्था आएकाले त्यसलाई मुतm गर्न तर्फ अगाडी बढ्ने बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: