Thursday, May 30, 2024
spot_img
Homeफिचरवीरगन्जमा इदको रौनक

वीरगन्जमा इदको रौनक

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो ।

वीरगन्ज / इस्लाम धर्मावलम्बीहरूले आज इद उल फित्र (इद) मनाउँदै छन्। इदको अवसरमा इस्लाम धर्मावलम्बीले पर्साको विभिन्न मस्जिदमा सामूहिक नमाज पढेका छन्।

मस्जिदमा प्रार्थना गर्ने र एक–अर्कासँग शुभकामना साटासाट गर्दै आपसमा अँगालो हालेर इद मुबारक भन्दै शुभकामना दिइरहेका देखिन्थे।

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । इद महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। इस्लाम धर्मावलम्बीहरू रोजा बसेर र विविध कार्यक्रम गरेर इद उल फित्र पर्व मनाउने गर्दछन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: