Thursday, May 30, 2024
spot_img
Homeखेलखुदप्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

प्रिमियर कपको विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । 

काठमाडौं । आगामी चैत्र ३० बाट ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

नेपालको टिममा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा रहेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहरा टिममा रहेका छन् ।

प्रिमियर कपमा नेपालको समूहमा नेपालसहित मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । अर्को समूह यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया रहेका छन् । प्रिमियर कपको विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: