Thursday, May 30, 2024
spot_img
Homeखेलखुदजीतपुर-सिमरा गोल्डकपको सेमिफाइनलमा पुग्यो एपीएफ

जीतपुर-सिमरा गोल्डकपको सेमिफाइनलमा पुग्यो एपीएफ

खेलको ३०औं मिनेटमा विकेले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

सिमरा / विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब सिमरामा जारी १४औं जीतपुर-सिमरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

सिमरा रङ्गशालामा गए राति भएको दोस्रो क्वार्टरफाइनलमा मकवानपुर-११ हेटौंडालाई २-शून्य गोल अन्तरले हराउँदै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एपिएफको जितमा विके तामाङ र प्रदीप लामाले १-१ गोल गरे ।

खेलको ३०औं मिनेटमा विकेले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । उनले विश्वास उदासको क्रसमा गोल गरेका हुन् । ६८औं मिनेटमा सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई प्रदीपले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा एपीएएफविरुद्ध केही राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडा प्रतियोगिताबाट बाहिरियो । प्रतियोगितामा आज दुई ‘ए’ डिभिजन टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: