Thursday, May 30, 2024
spot_img
Homeफिचरगुलरियामा भीषण आगलागी

गुलरियामा भीषण आगलागी

वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका–३ गुलरियामा गए राति आगलागी भएको छ । उक्त आगलागीमा स्थानीय गुलरिया निवासी राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ, मनिफ मियाँ, रबिन्द्र पटेलको गरी करीब ३० लाख बराबरको धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् ।

आगालागी हुँदा गरगहाना, लत्ताकपडा, फर्निचर, अन्नपात, साइकल, भाडाकुँडा, बाख्रालगायत चौपाया र नगदसहित जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

गए राति १२ बजे विद्युतको तार सर्ट भएर लागेको आगो नेपाल स्थानीयवासी ,प्रहरी र पोखरिया र वीरगञ्जजबाट गएको बारुण यन्त्रको सहयोगमा निभाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: