Thursday, May 30, 2024
spot_img
Homeखेलखुदजितपुरसिमरा गोल्डकप :सलहेश युवा क्लब सेमिफाइनलमा

जितपुरसिमरा गोल्डकप :सलहेश युवा क्लब सेमिफाइनलमा

प्रतियोगितामा आज नेपाल एपीएफ फुटबल क्लब र मकवानपुर-११ हेटौंडाबीच प्रतिस्पर्धा हुने छ ।

साबिक विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई पराजित गर्दै सलहेश युवा क्लब सिरहा १४ औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा गएराति सम्पन्न खेलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज सिरहासँग ३-२ गोल अन्तरले स्तब्ध भयो । खेलको १४ औँ मिनेटमा आशिष चापाागाईले गोल गर्दै  सिरहालाई सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १-० ले पछि परेको चर्च ब्वाइजका लागि ५१ औँ मिनटमा राजेश परियारले बराबरी गोल फर्काए ।

चर्च ब्वाइजका एकराज बुढाथोकीले ६३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि सिरहाले उपहार गोल पार्‍यो । तर खेलको ७३ औँ मिनटमा सिरहाका कप्तान कुलदीप कार्कीले गोल लाइनबाट क्लियर गर्न खोजेको बल उनकै पोष्टमा पसेपछि उपहार गोलबाटै चर्च ब्वाइजले खेल २-२ को बराबरीको अवस्थामा फर्कायो । 

शिशिर लेखीले इन्ज्युरी समयको अन्तिम मिनटमा गोल गर्दै सिरहालाई ३-२ को रोमान्चक जितसहित सेमिफाइनलमा स्थान दिलाए । 

प्रतियोगितामा आज नेपाल एपीएफ फुटबल क्लब र मकवानपुर-११ हेटौंडाबीच प्रतिस्पर्धा हुने छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: