Thursday, May 30, 2024
spot_img
Homeफिचरसदस्यता नामावली नदुङ्गिएसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको आह्वान 

सदस्यता नामावली नदुङ्गिएसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको आह्वान 

पर्सा / नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सदस्यताकाे नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने ६ जिल्लाको कार्यसमितिले निणर्य गरेका छन् । नेपाल पत्रकार महासंघ सर्लाही , बारा , रौतहट , पर्सा , सप्तरी र सिरहा शाखाका अध्यक्षहरुले एक विज्ञप्ति जारी गर्दै जिल्ला शाखाले गरेको विधान अनुसार निणर्य बमोजिम शुद्धिकरण र नवीकरण तथा नयाँ सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेका छन् ।

संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , बारा अध्यक्ष रेशम तिवारी , सर्लाही अध्यक्ष , टंक बहादुर क्षेत्री , रौतहट अध्यक्ष प्रेमचन्द्र झा , सप्तरी अध्यक्ष श्रावण देव र सिरहा अध्यक्ष मनोज कुमार बनैताले लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता शुद्धिकरण अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुले पूराना सदस्यको नविकरण तथा नयाँ सदस्यताको नामाबली सिफारिस गरेको यहाँहरु सबैमा सर्वविदितै छ ।

तर जिल्ला शाखाले सिफारिस गरेको लामो समयसम्म पनि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट सदस्यताको अन्तिम नामावली प्रकाशन गर्ने वा आधिकारिक रुपमा जिल्ला शाखालाई प्राप्त नभएको हुँदा सदस्यताको नामाबली नटुंगिएसम्म हामी आ-आफ्‌नो शाखामा जिल्ला अधिवेशन नगर्ने कुरा सम्बन्धीत सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं साथै सदस्यताको टुंगो नलागेसम्म मुलुकभरका जिल्ला शाखा सहित प्रतिष्ठान शाखा र एशोसियट संस्थाहरुलाई समेत अधिवेशन नगर्न/नगराउन हार्दिक आग्रह गर्दछौं भने जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: