Thursday, May 30, 2024
spot_img
Homeगण्डकी प्रदेशनौ किलो आठसय ग्राम गाँजा सहित पोखराबाट एक पक्राउ

नौ किलो आठसय ग्राम गाँजा सहित पोखराबाट एक पक्राउ

कास्की / नौ किलो आठसय ग्राम लागु औषध गाँजा सहित प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल गोरखा नगरपालिका ४ बतासे बस्ने बर्ष २४ का मदन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जानकारी दिए।

पोखरा २७ तालचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारबाट गाँजा सहित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारको डिक्की भित्र रातो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको गाँजा तत्काल तौल गर्दा सो परिणाम फेला पारेको प्रहरीको भनाई छ । पक्राउ परेका नेपालीलाई  लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडि बढाईएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: