Thursday, May 30, 2024
spot_img
Homeखेलखुदजितपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

जितपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

वीरगन्ज युनाइटेड क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लबले अन्तिम ८ को यात्रा तय गरेको हो ।

वीरगन्ज /बाराको सिमरामा शनिबारबाट सुरु भएको १४ औं जितपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । पहिलो दिनको उद्घाटन खेलमा वीरगन्ज युनाइटेड क्लब पर्सालाई ३-२ को गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब विजयी भएको हो । जितसँगै त्रिभुवन आर्मी क्लब शनिबारबाट सिमरामा शुरु भएको १४ औं संस्करणको जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । वीरगन्ज युनाइटेड क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लबले अन्तिम ८ को यात्रा तय गरेको हो ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरीएको छ । वीरगन्जका लागि फागुराम चौधरीले पेनाल्टीमार्फत खेलको ४१ औं मिनेटमा अग्रता बनाएका थिए । आर्मीका डिफेन्डर सुरज बस्नेतले वीरगन्जका फागुरामलाई डिबक्सभित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले वीरगन्जलाई पेनाल्टीको मौका दिएका थिए ।

आर्मीका कमल थापाले खेलको ४४ औं मिनेटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । दोश्रो हाफमा वीरगन्जविरुद्ध आर्मीले सुरुवाती अग्रता लियो । खेलको ६१ औं मिनेटमा आकर्षक फ्रि किक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए । करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रि किकलाई वीरगन्जका गोलरक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन् ।

सुरुवाती अग्रता उल्टिएपछि आक्रामक बनेको वीरगन्जका लागि फागुराम चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि जितका लागि पर्याप्त बन्न सकेन । खेलको ८२ औं मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउन्टर अट्याकमा गोल गरेका थिए । दोश्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे ।

वीरगन्जका डिफेन्डरहरुको गल्तीको सदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दि म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजारसहित ट्रफि प्राप्त गरे । आइतबार साविक विजेता चर्च ब्वाइज युनाइटेड र सिराहाको सलहेस युवा क्लबबीच खेल हुनेछ । यसअघि सिमरा रंगशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: