Thursday, May 30, 2024
spot_img
Homeफिचरअभियान डिजिटलले सर्वसाधारण ठग्दै , २१ औ चिठ्ठा खोल्दै , प्रशासन मौन

अभियान डिजिटलले सर्वसाधारण ठग्दै , २१ औ चिठ्ठा खोल्दै , प्रशासन मौन

वीरगन्ज/ वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा संचालित अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक व्यवसायिक फर्मले अनलाईन चिठ्ठााको नाममा सर्वसाधारणहरुलाई ठग्दै गरेको रहस्य बाहिरिएको छ ।
अभियान डिजिटल वल्र्डले विगत ६ महिना देखि युट्युब मार्फत चिठ्ठा खोल्दै सर्वसाधारणहरुलाई करोडौं करोड ठगी गरिरहेको रहस्य बाहिरिएको हो । २० वटा किस्ता खोलेर सर्वसाधारणलाई ठगी गरेको अभियानले भोली शनिबार २१ औ चिठ्ठा खोल्ने तयारी गरेको छ ।
अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक फर्मले काठमाडौंमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने अनुमति लिए पनि पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई महिनै पिच्छे ११ सय ७५ को दरले रकम जम्मा गरी युट्युब मार्फत चिठा खोल्दै करोडौं करोड ठगी गरिरहेको छ ।
घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ताले कारवाहीको दायरामा नल्याएर लुटतंन्त्रलाई पर्सा प्रहरी प्रशासनले बढावा दिईरहेको पिडितहरुको भनाई रहेको छ ।
बाग्मति प्रदेशको दोलखा निवासी विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी दिपेश, सुशिल र ऋषिकान्तले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्ने गर्दै आएको स्रोतले जनाएको छ ।
अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड काठमाडौंले उद्योग स्थापना गर्ने उदेश्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरी उदेश्य बिपरित नेपालको दर्जनौ ठाउंमा चिठ्ठा र किस्ताबन्दीको नाममा ठगी गरिरहेको पाईएको छ ।
सो कम्पनीका संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं। १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड दिनदहाडै ठगी गरिरहेको स्रोतको भनाई रहेको छ ।
वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताए ।
मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने सो किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय जम्मा गर्ने लक्ष्य वीरगंज कार्यालयको रहेको सदस्यहरुले नै बताउन थालेका छन् ।
किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत काठमाडौंको गोप्य ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् ।
मासिक पिच्छै चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् ।
चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ ।
३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ ।
त्यसपछि बाकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ ।
तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।
यता जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले कानुन बिपरित कार्य गर्ने कसैलाई छुट छैन, यथाशिघ्र कारवाहीको प्रक्रिया अगाडि बढने प्रतिक्रिया दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: