Thursday, May 30, 2024
spot_img
Homeफिचरसिरहाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

सिरहाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

दासविरुद्ध सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

लहान / सिरहा प्रहरीले सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। 

गोलबजार नगरपालिका– ६ लक्ष्मी मन्दिर नजिक घर भएका ३८ वर्षीय रामएकवाल गिरीलाई प्लाष्टिकको पोका बनाई आफ्नै घरमा लुकाएर राखेको १२.७ ग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार उनलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

यसैगरी, सिरहा नगरपालिका– ९ गुलरिया चोकबाटस्थानीय २५ वर्षीय अजयकुमार दास २४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। १९ चैतमा स ९ प ७३७९ नम्बरको मोटरसाइल चढेर आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

दासविरुद्ध सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: