Wednesday, April 17, 2024
spot_img
Homeजीवनशैलीतरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने पक्राउ

तरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने पक्राउ

लागू औषधसहित पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।

वीरगन्ज / नेपालमा प्रतिबन्धित लागू औषधसहित एक भारतीय युवक वीरगन्जमा पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्लाको हरपुर २ का २६ बर्षिय राजकरण साह रहेका छन् ।

बाराको बलीरामपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एटी ७३२६ नमबरको मोटरसाइकल वीरगन्ज महानगरपालिका वडा नम्बर १५ फुलवारी टोलमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा साह सवार रहेको उक्त मोटरसाइकलमा लोड रहेको हरियो तरकारीको बोरा भित्रबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले बताए ।

तरकारीको बाराभित्र लुकाएर राखिएको अवस्थामा नुरफिन २ सय पिस, डाइजेपाम २ सय पिस र फेनारगन २ सय पिस गरी कूल ६ सय पिस लागू औषध बरामद गरिएको थापाले जानकारी दिए । लागू औषध बरामद भएपछि मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: