Wednesday, April 17, 2024
spot_img
Homeफिचरजर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिँदै

जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिँदै

काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छापिने भएको छ । हिजो साँझ परीक्षण प्रिन्टिङ सफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

विभागकै आईटी प्रमुख मुकेश रेग्मीले कार्ड प्रिन्ट नहुने समस्या समाधान भइसकेको जानकारी दिए । “कार्ड सिस्टममा कम्प्याटिबल भइसकेको छ । हिजो परीक्षण गरिएको कार्ड प्रिन्ट भइसकेको छ । आज साँझबाट १२ लाख कार्ड प्रिन्ट सुरु हुन्छ,” आईटी प्रमुख रेग्मीले बाह्रखरीसित भने ।

योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: