Wednesday, April 17, 2024
spot_img
Homeफिचरई.अधिकारीलाई कुटपीट गर्नेलाई कारवाही हुनुपर्छ , नभए आन्दोलनमा उत्रन्छौ : अध्यक्ष पण्डित

ई.अधिकारीलाई कुटपीट गर्नेलाई कारवाही हुनुपर्छ , नभए आन्दोलनमा उत्रन्छौ : अध्यक्ष पण्डित

उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही प्रकिया अगाडि बढाउन सम्बन्धित पक्षसँग नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशका अध्यक्ष ई. पण्डितले विज्ञप्ती मार्फत जोडदार माग गरेका छन ।

वीरगन्ज,१९ चैत / मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गतको पुर्वाधार विकास कार्यालय, सप्तरीका प्रमुख ई. प्रविण प्रताप अधिकारीलाई आईतबार गाली बेइज्जती गर्दै अराजक शैलीमा कार्यालय मै हातपात भएको घटना प्रति नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।


मधेश प्रदेश सभाका सदस्य जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव जनमत पार्टीका प्रदेश सभा सदस्यद्वय सकिल अत्ती, शम्भु साह तथा जनमत पार्टी नेता एवं हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख विरेन्द्र माझीसमेतको उपस्थितिमा ई.अधिकारीलाई गाली बेइज्जती गर्दै अराजक शैलीमा कार्यालय मै हातपात गरेको घटना प्रति नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले विज्ञप्ती मार्फत घोर निन्दा र भत्र्सना गरेको हो ।


कार्यालय अन्तर्गतका संचालनका लागि कार्यान्वयनमा गइसकेका दुई वटा योजनाको चिट्टी आफुले पठाएको व्यक्तिलाई नदिएको भनी ई.अधिकारीलाई गाली बेइज्जती गर्दै अराजक शैलीमा हातपात भएको नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशका अध्यक्ष ई.गौरी पण्डितले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही प्रकिया अगाडि बढाउन सम्बन्धित पक्षसँग नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशका अध्यक्ष ई. पण्डितले विज्ञप्ती मार्फत जोडदार माग गरेका छन ।


साथै यस घटनामा यथाशिघ्र पहिचान गरी दोषिलाई कारवाहीको दायरामा ल्याउन र यो नभएको खण्डमा थप कदम चाल्न बाध्य हुने व्यहोरा समेत अध्यक्ष ई.पण्डितले जानकारी गराएका छन ।


यसरी पछिल्लो समयमा राजनीतिक आडमा कर्मचारीलाई धम्काउने, हातपात र दुर्व्यवहार गर्ने जस्ता अमानवीय कियाकलाप बढेको, उक्त प्रकृतिको घटनाहरुमा प्रहरी प्रशासन समेत मुकदर्शक हुने गरेको र यस्ता घटनाले देशमै बसेर सेवा गर्छु भन्ने सोच भएका राष्ट्रसेवक कर्मचारीहरु निरुत्साहित हुने मनोविज्ञान समेत विकसित हुन लागेको विषयप्रति यस एशोसिएसन सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण समेत हुन आग्रह गरेका छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: