Wednesday, April 17, 2024
spot_img
Homeफिचरचेक बाउन्सिङ कसूर मुद्दामा फरार युवक पक्राउ

चेक बाउन्सिङ कसूर मुद्दामा फरार युवक पक्राउ

वीरगन्ज / पर्सा प्रहरीले चेक बाउन्सिङ मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरका ३० बर्षिय सुजित राउत कुर्मी रहेका छन् ।

बैंकिङ कसुर मु्द्धाका फरार कुर्मीलाई गत शनिबार धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने लंगडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।उनका अनुसार, चेक बाउन्सिङ प्रकरणमा पर्सा जिल्ला अदालतबाट तीन दिनको कैद सजाय र नगद २५ लाख रुपैयाँ जरिवानको फैसला गरिएका कुर्मी फरार रहदै आएका थिए ।

अदालतको फैसलापछि फरार रही लुकिछिपी बस्दै आएका कुर्मीलाई गत शनिबार पक्राउ गरि शनिबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारीपनि उनले दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: