Wednesday, April 17, 2024
spot_img
Homeफिचरआमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

मकवानपुर / मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका– १० तल्लो बिसिङखेल बस्ने २६ वर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार उनलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनले नै गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ३० फागुनमा ज्ञानीमाया आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा मृत भेटिएकी थिइन् । 

घटनाबारे अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो। पक्राउ परेका मिलनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: