Thursday, April 18, 2024
spot_img
Homeफिचरबिल बिजक भन्दा बढी मुल्यको समान बोकेको गाडी राजस्वको नियन्त्रणमा ,छुटाउन चलखेल...

बिल बिजक भन्दा बढी मुल्यको समान बोकेको गाडी राजस्वको नियन्त्रणमा ,छुटाउन चलखेल सुरु

कालिकामाई इन्टरप्राइजेजका संचालक चौरसीयाले राजस्व अनुसन्धान कार्यालय पथलैयामा पुगेर गाडी छुटाउन चलखेल सुरु गरेको स्रोतले जनाएको छ ।

वीरगन्ज ,१६ चैत । राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिल बिजक भन्दा बढी मुल्यको समाग्री बोकेको गाडी नियन्त्रणमा लिएपछि छुटाउन चलखेल सुरु भएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले प्रदेश २-०३-००१ च ५९३८ नम्बरको गाडीमा बिल बिजक भन्दा बढी मुल्यको समाग्री फेला परेपछि छुटाउन चलखेल सुरु भएको हो ।

गत बुधबार करिब २२ लाख मुल्य बराबरको लाईटर , धारा र कपडा बोकेको उक्त गाडीले दुई लाखको मात्र बिल बनाएपछि राजस्व अनुसन्धान कार्यालयले पथलैयाले नियन्त्रणमा लिएको थियो ।

उक्त गाडीमा वीरगन्ज महानगरपालिका -१० मा संचालित कालिकामाई इन्टरप्राइजेजका संचालक राजिव चौरसीयले २२ लाख मुल्यको समाग्रीको दुई लाखको बिल बनाएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको हो ।

मुल्य भन्दा बढीको समाग्री बोकेको गाडीलाई छुटाउन कालिकामाई इन्टरप्राइजेजका संचालक चौरसीयाले राजस्व अनुसन्धान कार्यालय पथलैयामा पुगेर चलखेल सुरु गरेको स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारीका अनुसार नियन्त्रणमा लिएको गाडीको बारेमा अहिले अनुसन्धान भइरहेकोे छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: