Thursday, April 18, 2024
spot_img
Homeफिचरएसइई परीक्षा : महोत्तरीमा चार निरीक्षक र एक विद्यार्थी कारवाहीमा, ४१ थान मोबाइल...

एसइई परीक्षा : महोत्तरीमा चार निरीक्षक र एक विद्यार्थी कारवाहीमा, ४१ थान मोबाइल जफत

महोत्तरी / जारी एसइई परीक्षामा महोत्तरीका विभिन्न परीक्षा केन्द्रहरुमा गरिएको अनुगमनको क्रममा परीक्षार्थीसहित निरीक्षकसमेत कारवाहीमा परेका छन्।

मावि खखना परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एक विद्यार्थीको नेपाली विषयको परीक्षा रद्द गरिएको छ। सोही केन्द्रबाट एक निरीक्षक निष्काशनमा परेका छन्।

थप परीक्षा केन्द्रहरूबाट तीनजना निरीक्षकलाई अर्को परीक्षामा बस्न नपाउने गरी हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। मर्यादित परीक्षा आवश्यक रहेको भन्दै उनले अमर्यादित क्रियाकलाप गर्ने परीक्षार्थी वा निरीक्षक जो भए पनि कारवाहीको दायरामा ल्याउन पछि नहट्ने बताए। 

प्रजिअ गेलालका अनुसार पहिलो दिनको परीक्षामा सात थान र दोस्रो दिनको परीक्षामा ३४ थान गरी परीक्षार्थिहरुबाट हालसम्म कुल ४१ थान मोबाइल जफत गरिएको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: