Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीकम समयमै राम्रो मेकअप 

कम समयमै राम्रो मेकअप 

समय अभावका कारण कतिपयले चाहे जसरी मेकअप गर्न वा पार्लर धाउन पाइरहेका हुँदैनन् । त्यसैले व्यस्त मानिसले त्यहीअनुसार रुटिन बनाउनुपर्छ । मेकअपको केही प्रडक्ट किनेर राख्नु राम्रो हुन्छ । यी प्रडक्टले छोटो समयमै तपाईंलाई सिम्पल, स्मार्ट र आकर्षक लुक्स दिन्छन् । 

फेसवास : सबैभन्दा पहिले तपाईंको अनुहार फेसवास प्रयोग गरेर मज्जाले सफा गर्नुुस् । एलोभेरा, काँक्रो, गुलाब, निमलगायत तŒवले बनेका फेसवासले तपाईंको छालालाई गहिरोसँग सफा गरेर नरम बनाउँछन् । हरेक स्किन टाइपका लागि यो काम आउन सक्छ ।

मोस्चराइजर : फेसवासपछि फेरि तपाईंको अनुहारलाई नरम बनाउन जरुरी हुन्छ । यसका लागि तपाईंले आफूलाई मन परेको मोस्चराइजर प्रयोग गर्न सक्नुहुन्छ । एलोभेरा जेल वा निभियाका लाइट मोस्चराइजर क्रिम पनि राम्रो विकल्प हुन सक्छ । यी प्रडक्टले तपाईंको अनुहारमा लामो समयसम्म मेकअप टिकाउने 
काम गर्छन् । 

कम्प्याक्ट पाउडर : आफ्नो स्किन टोनअनुसार फाउन्डेसन प्रयोग गर्न सक्नुहुन्छ । अनुहारमा धेरै दाग–धब्बा छ भने कन्सिलरले पनि ढाक्न सकिन्छ । सीधै कम्प्याक्ट पाउडर लगाउँदा पनि हुन्छ । 

आइलाइनर : आइलाइनरको एक स्वाइपले तपाईंको लुक्सलाई राम्रो बनाउने सामथ्र्य राख्छ । आँखामा गाजल पनि लगाउन सक्नुहुन्छ । 

लिपग्लास : लिपस्टिकको साटो लिपग्लास लगाउनु राम्रो हुन्छ । यसले ओठलाई चम्किलो र बोल्ड देखाउँछ । लिपग्लास हल्का र ननस्टिकी हुन्छ । यसले ओठलाई नरम बनाउँछ । Source :Nayapatrika

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: