Wednesday, April 17, 2024
spot_img
Homeफिचरप्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले सेतोपाटीलाई जानकारी दिइन्।

उनका अनुसार संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ। 

यसैबीच प्रधानमन्त्री दाहालले बिहीबार बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुने व्यवस्था छ।परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ। Source :Setopati.com

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: