Sunday, February 25, 2024
spot_img
Homeफिचरभोजपुरी फिल्म ‘एक ऐसा परवरिस’ शुक्रवारदेखी प्रर्दशनमा

भोजपुरी फिल्म ‘एक ऐसा परवरिस’ शुक्रवारदेखी प्रर्दशनमा

वीरगञ्ज / भोजपुरी फिल्म ‘एक ऐसा परवरिस’ आउने शुक्रवारदेखी प्रर्दशनमा आउने भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि निर्माता शिवम् आर फिल्मसले यस्तो जानकारी गराएको हो ।

फिल्म आउने शुक्रबारदेखि वीरगञ्जको त्रिमुर्ती सिनेमा हलमा प्रर्दशनीमा आउने भएको हो । चलचित्रका निर्माता शिव प्रसाद कुर्मीले स्थानीय स्तरमा बनाइएको उक्त फिल्ममा स्थानीय भोजपुरी भाषा, कला र सस्कृतिंलाई प्रर्वद्धन गर्न सहयोगी हुने बिश्वास ब्यक्त गरे ।

एक ऐसा परवरिस चलचित्रमा गढीमाईको महिमालाई दर्शाइएको उनले जनाए । समाजमा बाझोपन भएका महिलाहरुले भोग्दै आएको कथावस्तुलाई उजागर गरिएको बताए । पत्रकार सम्मेलनमा गायक सुनिल पण्डित लगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

३२ लाखको लागतमा निर्माण गरिएको यस चलचित्र दुई घण्टा २० मिनेटको रहेको बताइएको छ । चलचित्रमा पाँच वटा भोजपुरी गितहरु समेटिएका छन् । सुनिल तिवारीले निर्देशन गरेको चलचित्रमा कलाकारहरु सोम्या पोखरेलको अभिनय रहेको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: