Friday, March 1, 2024
spot_img
Homeफिचरगान्धी देखि बुद्ध सम्म शान्ति पदयात्रा हुने

गान्धी देखि बुद्ध सम्म शान्ति पदयात्रा हुने

वीरगन्ज ,१ फागुन / फागुन ३ देखि ७ गते काठमाडौंमा बिश्व सामाजिक मञ्चको १६ औं संस्करण कार्यक्रमको पुर्व सन्ध्यामा शान्ति पदयात्रा आयोजना हुने भएको छ । एकताभुमि अधिकारका लागि संगठित हुन एकता परिषद ,राष्ट्रिय भुमि अधिकार मञ्च , नेपाल महिला एकता र सामुदायिक आत्मनिर्भर केन्द्रको आयोजना शान्ति पदयात्रा हुन लागेको हो ।

मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा फागुन २ गते शान्ति र अहिंसा प्रेमीहरुले बिहारको रक्सौल देखि नेपालको वीरगन्ज हुदै परवानीपुर सम्म पैदल यात्रा गर्न लागेका छन । बुधबार बिहार देखिको पदयात्रा परवानीपुरमा रोकेर बसमा बसेर यात्रा पनि हुने भुमि अधिकार मञ्च ,केन्द्रिय अध्यक्ष ल्याम दर्जीले बताए ।

यस्तै फागुन ३ गतेदेखि काठमाडौंको नारायणगोपाल चोक नजिकको शंखपार्क बाट भृकुटीमण्डप सम्म शान्ति पदयात्रा हुने अध्यक्ष दर्जीले बताए । बिश्वभरका समुदायलाई सामाजिक न्याय र शान्तिको सन्देश दिन सामाजिक बिश्व मञ्चको सन्दर्भ पारेर शान्ति यात्रा लगायत विविध कार्यक्रम समेटेर ” गान्धी देखि बुद्ध सम्म ” अभियान आयोजना हुन लागेको पत्रकार सम्मेलनमा सहभागी एकता परिषदका अध्यक्ष रणसिंह परमरले बताए ।

उनका अनुसार यस अभियान सीमान्तकृत मानिसका लागि भुमि ,आवास र प्राकृतिक स्रोतहरुमा पहुँच सुनिश्चित गर्न जारी आन्दोलनको एक हिस्साको रूपमा लिएको छ । यस्तै बिश्व सामाजिक मञ्च २०२४ मा सहभागी भएर भुमि अधिकार ,शान्ति र सामाजिक न्यायको आवाज बुलन्द गर्न भारत र नेपालका दुई – दुई सय कार्यकर्ता सहभागी हुने उनले बताए ।

गान्धी देखि बुद्ध शान्ति अभियान ५ दिन सम्म जारी रहने र भुमि ,जिवकोपार्जन र आवास देखि लिएर शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माण गर्न विभिन्न ७ वटा कार्यशाला र सेमिनार पनि हुने दर्जीले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: