Sunday, March 3, 2024
spot_img
Homeफिचरवीरगन्जना बुधबार देखि जुत्ता–चप्पल व्यापार मेला

वीरगन्जना बुधबार देखि जुत्ता–चप्पल व्यापार मेला

वीरगन्ज ,१ फागुन / वीरगन्जमा फागुन २ गतेदेखि एक महिनासम्म जुत्ता–चप्पल व्यापार मेला आयोजना हुन लागेको छ । बुधबारदेखि एक महिना सम्म ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ मेला आयोजना हुने भएको हो ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलन आयोजकले मेलामा नेपाल र भारतका करिब २ लाख भन्दा बढी उपभोक्ता एवं ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

एक महिना सम्म चल्ने ‘दोस्रो वीरगंज फुटवेयर एक्स्पो २०८०’ मेलामा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने र ३५ देखि ४० हजार जोडि जुत्ता चप्पल विक्री हुने लक्ष्य रहेको मेला समितिका संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

वीरगन्जको लालबंगला परिसरमा लाग्ने मेलामा विभिन्न १३ वटा वटा कम्पनीका ६० भन्दा बढी स्टलमा उपभोक्ताले हरेक जुत्ता–चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने बताए ।

‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गर्न लागिएको मेलाले नेपालमा उत्पादित नेपाली जुत्ता चप्पल उत्पादनको विक्री वितरण गर्न र उपभोक्तालाई नेपाली उत्पादनको बारेमा जानकारी दिने लक्ष्य समेत रहेको आयोजक समितिका संयोजक बन्जाडेले बताए ।

एक्स्पो मेलामा हाईलाइफ, शु ल्याण्ड, बेली, बोस शुज, भेनस, सिल्स, वन वल्र्ड, शिखर, पि.जी.शुज, बाम्बो शुज, हिमान, हिमानी लगायतका ब्राण्डका उत्पादित जुत्ताचप्पल बिक्रीको लागि राखिने उनले जानकारी दिए । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुको साथै सस्तो मुल्यमा स्तरीय फुटवेयर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको मेला संचालक समितिका बेम्बो शु का सविन कार्कीले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: