Monday, February 26, 2024
spot_img
Homeफिचरअलौको कोनिया नाका गन्हायो बैजनाथको भैंसी र कपडा तस्करी उत्कर्षमा

अलौको कोनिया नाका गन्हायो बैजनाथको भैंसी र कपडा तस्करी उत्कर्षमा


वीरगंज। भारतको सीमासंग जोडिएको पर्साको अलौ कोनिया नाका भएर भैसी र कपडाको तस्करी बढेको छ । भारतबाट तस्करी गरी ल्याइएको कपडमा मनग्य मुनाफा हुने भएकोले स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा कपडा तस्करी बढेको हो । नेपालभन्दा भारतमा कपडा सस्तो पर्ने भएकोले तस्करी मार्फत पर्साको विभिन्न ठाउँमा कपडा पुर्याउने गरेको खुलेको छ ।

भारत बाट ठुलो परिमाणमा कपडा र ठुलो मात्रामा भैसी खरिद गरी पर्साको अलौ कोनिया नाका भएर तस्करीको माध्यमबाट नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । यी सिमानाकाबाट तस्करी भएर आएको कपडा पर्साको विन्दवासिनी, पोखरीया, बिश्रामपुर, डोकैला बहुअरी लगायतको ग्रामीण ठाउँमा संचालित कपडा पसलहरूमा जाने गरेको स्रोतले जनाएको छ । दिउँसो केही कम कपडा तस्करी भए पनि राती र बिहान ३, ४ बजेको समयमा अलौ कोनियाका विभिन्न नाकाहरुबाट व्यापक कपडा तस्करी बढेको स्थानीयले बताएका छन् ।

रातमा खट्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरीले नै तस्करलाई संरक्षण गरी कपडा निर्यात गर्नमा सघाउने गरेकोले सो क्षेत्रबाट कपडा तस्करी गर्ने तस्कर कपडाको कारोबार गर्न उम्किएका छन् । स्थानीय प्रहरी चौकी सिरिसिया ड्राईपोटका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको घुमुवा प्रहरी सहायक हवलदार रतन यादवले तस्कर बैजनाथ संग मोटो रकम लिएर निर्वाध तस्करी चलाएको स्रोतले जनायो। कोनिया कै स्थानीय बैजनाथ समूहले लाखौं रुपैया प्रहरी प्रशासन लाई बुझाइ ठुलो मात्रामा भैसी तस्करी तथा कपडाको लाईन पाएको स्थानियले बताएका छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक किशन कर्माचार्य र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले तस्करी पुर्णरुपले बन्द गर्ने निर्देशन दिएपनि निर्देशन विपरीत प्रहरी चौकी सिरिसिया ड्राईपोट र सशस्त्र प्रहरी बल बिओपी अलौले तस्करीको लाईन दिएको प्रहरी स्रोतले जनाएको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: