Monday, February 26, 2024
spot_img
Homeखेलखुदअगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने

अगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने


वीरगन्ज ,२७ माघ ।
अगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
शक्ति युवा क्लब परवानीपुरको आयोजनामा तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो ।
शनिबार बसेको सर्वदलीय युवाहरुको बैठकले तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको संयोजकमा सुबोध श्रीवास्तव र सहसंयोजकमा दिपक यादवलाई जिम्मेवारी दिएको छ ।
शक्ति युवा क्लब परवानीपुरका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई जिम्मेवारी दिएको हो ।
बैठकमा स्थानीय युवाहरु , संजय मण्डल ,सुरेश यादव , देवबाबु यादव ,ध्रुव साह ,रवी राम , कृष्णा साह ,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव सहित ६० जना युवाहरूको सहभागीता थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: