Sunday, February 25, 2024
spot_img
Homeफिचरबारा-काठमाडौं‌ सम्पर्क मञ्चको अधिवेशन अगामी फागुन १९ मा हुने , संयोजकमा प्रशान्त...

बारा-काठमाडौं‌ सम्पर्क मञ्चको अधिवेशन अगामी फागुन १९ मा हुने , संयोजकमा प्रशान्त चयन


वीरगन्ज ,२७ माघ ।
नेकपा एमाले निकट बारा-काठमाडौं‌ सम्पर्क मञ्चको अधिवेशन अगामी फागुन १९ गर्ने गरी आयोजक कमिटी गठन भएको छ ।
शनिबार काठमाडौं बसेको मञ्चको बैठकले हालको कमिटीलाई आयोजक कमिटीमा‌ रुपान्तरण गर्दै अधिवेशनको मिति तय गरेको हो ।
बारा-काठमाडौं‌ सम्पर्क मञ्चको अधिवेशनको लागि मञ्चका कार्यबाहक अध्यक्ष प्रशान्त यादवलाई आयोजक कमिटीको संयोजकको जिम्मेवारी तोकिएको हो ।
बैठकमा मञ्चका सचिव अर्जुन अधिकारी ,सदस्यमा अशेष मैनाली ,कृष्ण पोखरेल ,सम्पर्क कमिटी सदस्य राजेन्द्र दास तात्माको उपस्थित रहेको थियो ।
भने समन्वय कमिटी सचिवालय सदस्य तथा बारा इन्चार्ज बबिता दास ,प्रदेश कमिटी सदस्य सुदर्शन गिरि, प्रदेश कमिटी सदस्य जस्मुदीन मंसुरी ,प्रदेश कमिटी सदस्य लेखराज पोखरेल , पुर्व प्रदेश कमिटी उपाध्यक्ष शिव रिजाल ,पुर्व प्रदेश कमिटी सदस्य दामोदर मैनाली लगायतको अतिथिहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: