Sunday, February 25, 2024
spot_img
Homeफिचरबारामा नक्कली नोटसहित पाँच जना पक्राउ

बारामा नक्कली नोटसहित पाँच जना पक्राउ



वीरगन्ज ,२५ माघ / जिल्ला प्रहरी कार्यालय बाराले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा परवानिपुर गाउँपालिका ५ का सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका १० का विशाल कुमार श्रीवास्तव , सोही ठाउँ बस्ने नीरज श्रीवास्वत र सर्लाहीको चन्द्रनगर गाउँपालिका निवासी ४४ वर्षीय रामचन्द्र महतो कोइरी रहेका छन् ।
विशेष सूचनाको आधारमा उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल ७ थान बरामद भएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: