Monday, February 26, 2024
spot_img
Homeफिचरसवारी चेकिङ र बेवारिसे मोटरसाईकलमा स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना जारी

सवारी चेकिङ र बेवारिसे मोटरसाईकलमा स्वामित्व हक दाबी गर्न प्रहरीको सूचना जारी


वीरगन्ज ,२५ माघ / जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न समयमा सवारी चेकिङ र बेवारिसे रूपमा फेला पारेको मोटरसाईकलमा स्वामित्व हक दाबी गर्न बिहीबार सूचना जारी गरेको छ ।
पर्सा प्रहरी कार्यालयको प्रबन्ध शाखाले प्रहरी कार्यालयमा सुरक्षित साथ राखिएको एक सय ७८ वटा मोटरसाईकललाई स्वामित्व हक दाबी गर्न सूचना जारी गरेको हो ।
पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाका अनुसार स्वामित्व हक दाबी गर्न सूचना जारी भएको १५ दिन भित्र मोटरसाईकल भएका ब्यक्तिले आफ्नो कागजात लिएर प्रबन्ध शाखामा सम्पर्क गर्न सूचना जारी भएको छ ।
विगत लामो समय देखि कार्यालयमा राखिएको मोटरसाईकललाई सक्कल कागजात लिएर दाबी गर्न नआएको खण्डमा कानुनी प्रक्रिया अनुसार लिलामी प्रक्रियामा जाने प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
प्रहरी कार्यालयमा विभिन्न कम्पनीको मोटरसाईकल राखिएको भएपनि स्वामित्व हक दाबी गर्न अहिलेसम्म सवारी धनी नआएकाले सूचना जारी गरीएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: