Sunday, March 3, 2024
spot_img
Homeफिचरवीरगन्ज ५ का ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान

वीरगन्ज ५ का ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान

वीरगन्ज / वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा ज्येष्ठ नागरिक,एकल महिला र अपांगता भएका व्याक्तिहरसलाई कम्बल लगायतका सामग्री प्रदान गरी सम्मानित गरिएको छ ।

मुनलाईट स्कुलको प्राङ्गणमा शनिबार नेपाल खेलकुद महासंघ र सृजनशील आमा समुहको सहयोगमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का सामाजिक सुरक्षा भत्ता लिदैं आएका बृद्धबृद्धा, एकल महिला र अपांगता भएका गरी १ सय ३७ जनालाई कम्बल लगायतका सामग्री प्रदान गरेर सम्मानित गरिएको हो।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उनिहरुलाई कम्बल लगायतका सामग्री प्रदान गरी सम्मानित गरे।

त्यस अवसरमा बोल्दै मेयर सिंहले ज्येष्ठ नागरिकको सम्मान समाजले गरेमात्र सम्य समाजको निर्माण हुन सक्ने बताए । उनले वीरगन्ज महानगरपालिकाले पनि ज्येष्ठ नागरिकको सम्मान हाम्रो अभियानझ भन्ने नाराका साथ ज्येष्ठ नागरिकका लागि काम गरिरहेको बताए ।

वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई , वरिष्ठ ज्येष्ठ पत्रकार ईश्वर चन्द्र गौतम , बाबुजान अली , सृजनशिल आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ , वडा सदस्यहरू मनोज साह ,रूस्तम अली ,सन्जु दाहाल ,मंजु परियार , नेपाल खेलकुद महासंघ महानगरका सहसचिव अमन पटेल , लगायतको पनि उपस्थिति रहेको थियोे ।कार्यक्रमको सहजीकरण श्याम केसीले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: