Saturday, March 2, 2024
spot_img
Homeफिचरआफ्नो पक्षमा आवाज उठेको देख्दै छु : ज्ञानेन्द्र शाह

आफ्नो पक्षमा आवाज उठेको देख्दै छु : ज्ञानेन्द्र शाह



वीरगन्ज ,१३ माघ । पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहले जनताले निरन्तर आफ्नो पक्षमा आवाज उठाएको आफुले पनि सुनेको र देखेको बताएका छन ।
वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले विगत १५ बर्षमा राजनीति दलले जनतालाई विभिन्न निरासा तर्फ अगाडि बढाएको बताए ।
उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि व्यक्त रहेकाले जनता राजालाई नेतृत्व गर्न आह्वान गर्दै आएका छन् ।
अहिले प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न नपाएको बताए ।
शाहले देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको जिकिर गरे । उनले राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।
शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने पनि उनले प्रस्ट पारेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: