Sunday, February 25, 2024
spot_img
Homeफिचरवीरगन्ज–पथलैया औद्योगीक मार्ग बिस्तारमा मनोमानी , परवानीपुरमा सडकको चौडाइ घटाईयो

वीरगन्ज–पथलैया औद्योगीक मार्ग बिस्तारमा मनोमानी , परवानीपुरमा सडकको चौडाइ घटाईयो


वीरगन्ज,२९ असार/

वीरगन्ज–पथलैया औद्योगीक मार्ग बिस्तार आयोजना कार्यालय, पथलैया अन्तर्गत मनोमानी तरिकाले काम हुदै आएको पाएको छ । आयोजना कार्यालय पथलैयाका केहि कर्मचारीहरुको मनोमानीले सडकको चौडाइ घटाउने काम भएको पाएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय, मातहतका एकजना परवानीपुरका स्थानीय कर्मचारीले परवानीपुर बजारको सडकको चौडाइ घटाउने काम गरेको फेला परेको छ ।

परवानीपुरको पुरानो बजार क्षेत्रमा रहेको नूर आलमको घरनजीकै सडकको चौडाइ करीब तीन मिटर घटाएर नाला बाङ्गो गरी निर्माण भइरहेको स्थानीयहरूले बताएका छन् ।

धर्मेन्द्र ठाकुरको डेढ धुर जग्गा बचाउनको लागि आयोजना कार्यालयका इन्जिनीयर सुरेन्द्र साह र एकजना स्थानीय कर्मचारीले जग्गाधनीसँग घूस लिएर यस्तो काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

केहि व्यक्तिको जग्गा बचाउन प्राविधिक र ठेकेदारलाई एक लाख घूस दिइएको पनि खुलेको छ ।

यस विषयमा आयोजना कार्यालयका मनीषकुमार साहसँग बुझ्दा आफूलाई जानकारी नभएको र फिल्डमा गएर घटनाबारे छानबीन गर्ने बताए ।
उनले आयोजना अन्तर्गत लापरावाही गर्नेमाथी छानबिन गरेर कारवाही गरीने पनि बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: