Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड डकैला बहुअरीद्धारा छात्रावृति वितरण

ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड डकैला बहुअरीद्धारा छात्रावृति वितरण


वीरगन्ज,२६ असार /
ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेड डकैला बहुअरी शाखाले आज छात्रावृति वितरण गरेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाले डकैला बहुअरी शाखामा आवद्ध रहेका सदस्यहरुलाई छात्रावृति वितरण गरेको हो ।


संस्थामा आवद्ध भएको सदस्यहरुको छोराछोरीहरु मध्ये सबैभन्दा बढी अंक ल्याएका वीरगन्ज महानगरपालीका वडा नम्बर २२ मनियारीका राजेश यादवको छोरा कक्षा ६ पढ्ने अनुराग यादवलाई छात्रावृति वितरण गरीएको संस्थाका कर्मचारी राजिव प्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार छात्रावृति स्वरुप ३० हजार नगद उनको घर मै पुगेर वितरण गरएिको हो ।


छात्रा वितरणको क्रममा वडा नम्बर २२ का वडा सदस्य मुनेश प्रसाद यादव , डकैला बहुअरी शाखाका प्रमुख किरण कुमारी कुशवाहा , शाखाका कर्मचारी सुविका चौधरी , सन्तोष कुमार यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: