Wednesday, February 28, 2024
spot_img
Homeफिचरचिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौंमा


वीरगन्ज,२६ असार /
चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका विदेश समन्वय विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आइपुगेको छ । आठसदस्यीय टोलीको नेतृत्व गर्दै लिउ काठमाडौं आइपुगेका हुन् ।

नेपाल आएका उनीहरू चार दिन रहनेछन् । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लिउले आज प्रधानमन्त्री, भोलि प्रचण्ड र पर्सि ओलीसँग भेट्ने कूटनीतिक स्रोतले जानकारी दिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: