Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीनागरिकता विधेयक फिर्ता : पाँच दलिय सरकार जनता विरोधी भएको नेता मियाँको...

नागरिकता विधेयक फिर्ता : पाँच दलिय सरकार जनता विरोधी भएको नेता मियाँको आरोप


वीरगन्ज,२१ असार /

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य शशिकपुर मियाँले मंगलबार सरकारले नागरिकता विधेयक फिर्ता लिएपछि पाँच दलिय सरकार जनता विरोधी भएको आरोप लगाएका छन ।

उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरीकता विधेयक फिर्ता लिने निर्णय गरेपछि देशको लागी घातक भएको आरोप लगाएका हुन ।

सरकारले नागरीकता विधेयक फिर्ता लिने निर्णय गरेपछि उनले समाजिक संजालमा लेख्दै यो आरोप लगाए ।

सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा विचाराधीन ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरेको हो । यससँगै सरकारले नयाँ विधेयक संसदमा लैजाने भएको छ।

एक मन्त्रीले दिएको जानकारीअनुसार संसदमा विचाराधीन विधेयक फिर्ता गरेर नयाँ विधेयक लान लागिएको हो। सरकारले २०७५ सालमा नै नागरिकता विधेयक संसदमा लगेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: