Saturday, February 24, 2024
spot_img
Homeप्रदेशमाओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

वीरगन्ज,२१ असार /
आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको । अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । आजको बैठक बिहान ११ बजेबाट बस्ने कार्यक्रम थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका छन् । सोमबारको बैठकमा ४६ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि सांसदहरूले सोधेका प्रश्नको अध्यक्षले जवाफ दिने कार्यसूची राखिएको थियो । पार्टीको केन्द्रीय समितिको बैठक गत आइतबारबाट जारी छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: