Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीकिसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री यादव

किसानलाई मल पहिलो प्राथमिकता : कृषिमन्त्री यादव

वीरगन्ज,२० असार /
नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन्।

मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्‍याउनु भएको उनले बताए। ‘कृषकहरूले मल पाइरहेका छैनन्।

सबैभन्दा पहिला मलखाद किसानहरूमा पुर्‍याउने काम प्राथमिकतामा रहनेछ। विभिन्न कारणले मल ल्याउन सकिएन त्यो त हो तर मेरो प्रयास सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्‍याउने हुन्छ,’ उनले भने।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: