Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीलागुऔषध बारे जानकारी नै नभएका जयप्रकाश खेतान प्रशिक्षक ( भिडियो सहित )

लागुऔषध बारे जानकारी नै नभएका जयप्रकाश खेतान प्रशिक्षक ( भिडियो सहित )

वीरगन्ज,१७ असार /

लागुऔषध बारे केहि जानकारी नै नभएका जयप्रकाश खेतान विद्यार्थीहरुलाई लागुऔषध बारे प्रशिक्षण दिएका छन । बिहिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुवरीको सारदा माविका विद्यार्थीहरुलाई उनी प्रशिक्षण दिएका थिए ।
ग्रीन सिटि सामुदायिक सेवा केन्द्रले आयोजनाले गरेको कार्यक्रममा खेतान प्रशिक्षक रुपमा करिब ३० मिनेट जति विद्यार्थीहरुलाई ज्ञान दिए ।


जब कि उनलाई लागुऔषध सम्बन्धि केही जानकारी नै छैनन् । जानकारी नै नभएका व्यक्ति कसरी प्रशिक्षक भए यो अच्चमको कुरा हो । तर उनी प्रहरी संग सम्बन्ध बनाउनलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम आयोजना गर्दै आएका छन ।


ग्रीन सिटि सामुदायिक सेवा केन्द्रको नाममा आफ्नो अवैध काम छोपेर समाज सेवामा सक्रिय भएको उनी निकटका व्यक्तिहरुले बताएका छन ।


प्रशिक्षणको क्रममा उनी आदर्शनगरको बारेमा पनि जानकारी दिए । आदर्शनगर कस्तो छ , थाहा छ नी तपाईहरुलाई भनेर विद्यार्थीहरुलाई बताए । यो ग्रीन सिटि मैले बनाएको छु । यो कुराले खेतान प्रहरीको साहारामा प्रचारबाजी गर्न खोज्दैछन ।

उनी संगै वडा प्रहरी कार्यालय वीर्ताका प्रमुख बिशाल मल्ल , वडा प्रहरी कार्यालय श्रीपुरका डिल्ली राज सापकोटा ,जिल्ला ट्राफिक प्रहरी निरीक्षक धुर्व प्रसाद दाहाल , शारदा माबिका प्रधानाध्यापक दयाकान्त झा, लगायतका व्यक्त सहभागी थिए ।


उनी कुनैपनि प्रहरी अधिकृत जिल्लामा आए स्वागत र विदाई गरेर प्रहरीको चाकडी गर्दै आएका व्यक्ति हुन । गत बैशाख ३० मा सम्पन्न भएको स्थानीयतह निर्वाचनमा उनी स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएका थिए ।


RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: