Monday, February 26, 2024
spot_img
Homeजीवनशैली११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीले ४० घरधुरी उच्च जोखिममा

११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीले ४० घरधुरी उच्च जोखिममा


वीरगन्ज ,१६ असार /
वीरगन्ज महानगरपालिका भित्रको घनाबस्तीमा केहि बर्ष अगाडी विद्युत प्राधिकरणले जडान गरेको ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरु समस्या भोग्दै आएको बताएका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ८ को ब्रहमस्थानदेखि पानीटंकी सम्मको ४० घरबस्तीका स्थानीयहरु प्रत्यक्ष रुपमा समस्या भोग्दै आएको बताएका हुन । वीरगंजमा बुधबार पिडितहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरुले भोग्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायसंग माग गरेका छन ।

विगत लामो समयदेखि यो समस्या स्थानीयहरुले भोग्दै आएको सम्बन्धित विद्युत प्राधिकरण कार्यालयसंग स्थानान्तरण गरीदिन माग गरेका हुन । केहि बर्ष अगाडी विद्युत प्राधिकरणले घनाबस्तीमा विजुली जडान गरेकाले समस्या भोग्दै आएको वीरगन्ज महानगरपालिका १२ मुर्ली बगैचाका स्थानीय रामहित यादवले बताए ।

उनले महानगर कै भित्रको घनाबस्तीमा जडान भएको ११ हजार भोल्टेज हाईटेन्सन बिजुलीका कारण मानविय क्षति जोखिमको त्रासमा बस्नुपरेकोे बताए । उनका अनुसार विद्युत प्राधिकरणले जडानको गरेको विजुलीले स्थानीयहरुको घरको ५ फिट मात्र माथी रहेकाले मानविय क्षतिको उच्च जोखिम रहेको छ ।

स्थानीयहरुको पहलमा वडा नम्बर १२ र वडा नम्बर ८ को कार्यालयले उचित स्थानमा ११ हजार केभी भोल्टेजको विजुली स्थानान्तरण गर्न अगाडी बढेको छ । विजुली जडान भएको घनाबस्तीको २५ मिटर पुर्वपट्टी ४० फिटको सडक भएकाले उक्त सडकको पोलमा बिजुली स्थानान्तरण गर्न उचित हुने अर्को स्थानीय पुनितलाल साहले बताए ।

स्थानीयबासीको समस्या समाधान गर्नका निम्ती दुबै वडा कार्यालयहरु संयुक्त लगानीमा ९ लाख ४१ हजार ८ सय ३० खर्च गर्न तयार समेत भएको वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले जानकारी दिए । लामो समयदेखि स्थानीयहरु भोग्दै आएको समस्या समाधानका निम्ती स्थानान्तरणमा हुने अनुमानित खर्च वडा कार्यालयले बेहोर्ने उनले बताए ।

नागरिक समाज पर्साका अध्यक्ष दिपक शाक्यको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष अध्यक्ष गुप्ता, वडा नम्बर १२ का वडा सदस्य दिपक डंगोल लगायतका स्थानीयहरु सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: