Friday, March 1, 2024
spot_img
Homeफिचरप्रसौनी गाउँपालिकाका अध्यक्ष पटेलले खेतमै पुगेर किसानलाई सम्मान गरे

प्रसौनी गाउँपालिकाका अध्यक्ष पटेलले खेतमै पुगेर किसानलाई सम्मान गरे


वीरगन्ज ,१५ असार /
बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद पटेलले किसानहरुको खेतमै पुगेर धान रोपेका छन् । 

अध्यक्ष पटेलले राष्ट्रिय धान दिवसको अवसरमा बुधबार गाउँपालिकाको सबै वडामा पुगेर किसानहरु संग धान रोपेका हुन् ।

१९ औँ राष्ट्रिय धान दिवस कै अवसरमा किसानको खेत मै अध्यक्ष पटेलले किसान र मजदुरलाई खादा र मिठाई खुवाएर सम्मान पनि गरेका थिए ।

गाउँपालिकामा रहेको सातै वडाका करिव ३ सय किसान र मजदुरलाई खादा लगाएर र मिठाई खुवाएर सम्मान गरेको अध्यक्ष पटेलले बताए ।
अध्यक्ष पटेलले किसानहरु संग खेत मै पुगेर धान रोपनी गरेकोमा खुशी व्यक्त पनि गरेका छन ।
उनले किसानलाई अगामी दिनमा कुनै प्रकारको समस्या हुन नदिन गरि काम गर्नेमा बिश्वास व्यक्त गरे ।

गाउँपालिका अध्यक्ष पटेल खेतमै पुगेर सम्मान गर्दा किसानहरु खुशी भएका थिए ।

किसानहरुले पहिलो पटक निर्वाचित गाउँपालिका अध्यक्ष खेत पुगेर किसानहरुको हौसला बढाएको बताएका छन ।

१९ औँ राष्ट्रिय धान दिवस कै अवसरमा गाउँपालिका अध्यक्ष पटेल ,उपाध्यक्ष किरण साह ,वडा अध्यक्षहरु लालबाबु मुखिया , हृदयनारायण साह , गाउँपालिका कृषि शाखाका प्रमुख रुपनारायण महतो ,कृषि शाखाका रोसन मण्डल ,एमालेका युवा नेताहरु प्रभु दास तत्वा , नरेश महतो ,प्रदीप साह, ललिन्द्र पटेल लगायत सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: