Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीसीप विकासका नाममा बारामा बेथिति

सीप विकासका नाममा बारामा बेथिति

वीरगन्ज,१५ असार /
जितपुर सिमरा उपमहानगरपालिका-१ कि आईती विश्वकर्मा आफ्नै वडामा सञ्चालित सिलाई कटाई तालिममा जेठ १ गतेदेखि सहभागी भएकी हुन् । तर हाजिरी वैशाख ७ गते देखिको छ् । उनीसहित १३ जना सहभागि छन् । तर २० जनाको हाजिरी छ ।


कुसन र डल बनाउने तालिममा पनि मिलेमतो गरिएको छ । २० जनाको दरले पााच वटा तालिमको जिम्मा पाएको अभियान नेपाल पर्साले एउटै वडामा तीन वटा तालिम गराएको भन्दै एकै ठाउामा ६० जनाको हाजिरी उठाएको छ ।

२४ वडामा ३० वटा तालिमका लागि उपमहनगरले ९ वटा संस्था छनौट गरेको छ । तर सबैको उद्घाटन एकै ठाउामा गरेको खुलासा भएको छ ।

कम्प्युटर तालिममा पनि तीन समूहको ६० जनाको कागज बनाइएको छ । तर असारको पहिलो साता टेबलमा फेला परेको हाजिरी पुस्तिकामा असारको १६ गतेसम्मको हस्ताक्षर भैसकेको थियो । उपमहानगरले प्रति तालिम पााच लाखका दरले डेढ करोड रुपैयाा खर्चेको छ । तालिमको नाममा भएको अनियमितताबारे कर्मचारी नेतृत्व भने बनाबटी जवाफ दिन्छ ।

बेरोजगारी हटाउन र उद्यमशीलता श्रृजना गर्न सीप मुलक तालिमहरु प्रभावकारी हुनुपर्ने हो । तर कागजी प्रकृया मिलाउने र झारा टार्ने शैलीका यस्ता तालिमकै कारण आयोजक पक्ष मोटाउने अनि लक्षित समुहले लाभ लिन नसक्ने प्रवृति बढ्दो छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: