Wednesday, February 28, 2024
spot_img
Homeजीवनशैलीरक्सौलबाट आइसिपीको बाटो डस्टी कार्गो लैजान निर्देशन, समस्यामा वीरगंजका व्यवसायीहरू

रक्सौलबाट आइसिपीको बाटो डस्टी कार्गो लैजान निर्देशन, समस्यामा वीरगंजका व्यवसायीहरू

वीरगन्ज,१५ असार /
रक्सौलको रेल्वे साईडिमा बर्षौदेखि आयात भई आएको धुलोजन्य औद्योगिक कच्चा पदार्थ हालका दिनसम्म रक्सौल ल्याण्ड कस्टम र वीरगंज भन्सार कार्यालय मार्पmत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै वीरगंज भएर नेपालका विभिन्न स्थानमा पुग्ने गरेकोमा आगामी १७ असारदेखि आईसीपीबाट भित्र्याउनुपर्ने अवस्थाका कारण आयातकर्ता समस्याम पर्ने भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाललले पत्रकार सम्मेलन गरी यो जनाकारी दिएका हुन् । विगतका केहि दिनदेखि रक्सौल ल्याण्ड कस्टमको आदेशानुसार सो ल्याण्ड कस्टम र वीरगंज भन्सार हुँदै धुलोजन्य औद्योगिक कच्चा पदार्थको जाँचपास र ढुवानी कार्य बन्द हुने भएको संघले बताएको छ ।

रक्सौल रेल्वे साईडिदेखि रक्सौलको लक्ष्मीपुर एकीकृत जाँचचौकी आईसीपी सम्मको सडकको अवस्था हेर्दा सो सडक भएर ढुवानी सहज नभएको उपाध्यक्ष माधव राजपालले बताए ।

यस्ता छन् समस्या

१.रक्सौल रेल्वे साईडिéदेखि लक्ष्मीपुर आईसीपीसम्म धुलोजन्य पदार्थ ढुवानी गर्ने दैनिक ३०० देखि ४०० ट्रक तथा टिपर हुने गरेको छ र रक्सौलदेखि लक्ष्मीपुर एकीकृत जाँचचौकीसम्म जाने सडक अत्यन्तै साँघुरो रहेको र गाउँ भएर जाने गरेको छ । तसर्थ यस रोडले दैनिक ३०० देखि ४०० सम्मको धुलोजन्य पदार्थ बोक्ने सवारी साधनको भार थेग्न सक्ने क्षमता रहेको छैन ।

२.रक्सौलदेखि लक्ष्मीपुर एकीकृत जाँचचौकीसम्म जाने सडक समान्यतया हरवखत नै अत्याधिक जाम रहने गरेकोले धुलोजन्य पदार्थ ढुवानी गर्न सहज रहेको छैन ।

३.भारतका विभिन्न स्थानबाट आउने ट्रकको संख्या अति नै धेरै हुने गरेकोले सो ट्रकको भन्सार जाँचपास गराउने लाईन धेरै नै लामो रहेको हुन्छ र भन्सार जाँचपास गराई नेपाल भित्रिन २ देखि ३ दिनसम्म पनि लाग्ने गर्दछ ।

४. रेल्वे यार्डबाट गएको ट्रक तथा टिपरलाई भन्सार जाँचपास हुन र नेपाल भित्रिन नै २ देखि ३ दिनसम्म लाग्ने गरेमा धुलोजन्य पदार्थको ढुवानीमा धेरै नै समय लाग्नेछ र रेल्वे यार्ड जाम रहनेछ । हालको अवस्थामा महिनाका ४० देखि ४५ रेक धुलोजन्य पदार्थ आयात हुने गरेको छ ।

५.नेपाली आयातकर्ताले भारतीय रेल्वेलाई हरेक महिना २५ देखि ३० करोडसम्म शुल्क वापत बुझाउने गरेको छ र यो रकम वर्षको ३०० करोडभन्दा माथि पुग्ने गरेको छ । साथै नेपालको औद्योगिक विकासले गर्दा निकट भविष्यमा ६० देखि ७० रेकसम्मका आयात हुने अवस्था आउने छ ।

६.रक्सौल वीरगंज भएर एक रेक ढुवानी गर्न २ दिन लाग्छ भने लक्ष्मीपुर एकीकृत जाँचचौकीमार्पmत ढुवानी गर्दा एक रेकको ढुवानीमा ६ दिन लाग्ने देखिन्छ । मालवस्तु ढुवानीमा तोकिएको भन्दा धेरै समय लाग्ने भएमा रेल्वेले समेत आफनो स्टेशन यार्ड शुल्क र विलम्ब शुल्कमा ४ देखि ५ गुणासम्म बृद्धि गर्ने निश्चितता रहेको छ । जसलेगर्दा रेल्वे मार्पmत आयात गर्न फलदायी हुन्दैन र भारतीय रल्वेले समेत घाटा व्यहोर्नु पर्नेछ । र नेपालको आयात पनि महँगो हुन जान्छ ।

सुधारका लागि के गर्न सकिन्छ ?

१. रक्सौल रेल्वे साईडिéदेखि लक्ष्मीपुर एकीकृत जाँचचौकी जाने सडक जोडने सडकलाई ३०० देखि ४०० सम्म सवारी साधनको भार थेग्न सक्ने गरी ४ लेनमा विकसित गरिनु पर्दछ ।

२.उल्लेखित सडकमा हरेक दिन विहान र बेलुका स्थानिय तरकारी ब्यापारी, पसले तथा गाउँलेहरुबाट तरकारी बजार लगाई गरिने अतिक्रम पूर्ण रुपेण हटाइनु पर्दछ । अतिक्रमले सवारी दुर्घटनाको सम्भावना प्रवल रहेको छ । तरकारी बजारलाई अन्यत्रै स्थान्तरण गरिनु पर्दछ ।

३. रक्सौलको लक्ष्मीपुरदेखि एकीकृत जाँचचौकी जोडने राजमार्ग २ लेनको रहेकोले ५ किलोमिटरसम्म सवारीको लाईन लाग्ने गरेको छ । यस सडकलाई ६ लेनमा परिणत गरिनु पर्दछ ।

४. भारत र नेपाल दुबै तर्पmको एकीकृत जाँचचौकीमा धुलोजन्य पदार्थ ढुवानी गर्ने ट्रक तथा टिपरहरुको लागि एक छुट्टै लेनको व्यवस्था गरिनु पर्दछ । जसले गर्दा धुलोजन्य पदाथ ढुवानी गर्ने ट्रक तथा टिपरहरु भन्सार प्रक्रिया पुरा गर्न अन्य सवारी जस्तो सवारी साधनको लामो लाईनमा बस्न नपरोस ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: