Friday, March 1, 2024
spot_img
Homeफिचरमधेशको हकअधिकार सम्बोधन गराउन निरास छैन - लोसपा नेता समानी

मधेशको हकअधिकार सम्बोधन गराउन निरास छैन – लोसपा नेता समानी

वीरगन्ज,१४ असार /

लोपसाका नेता निजामुदिन समानी मधेशको हकअधिकारका लागी आन्दोलन जारी रहेको बताएका छन । उनले क्षमता अनुसार बिकास निर्माणको साथै समाजिक गतिविधि लगायतका काम गरि रहेको बताएका हुन ।

उनले भनेका छन ,”हामी निरास भएका छैनो किन भने हामीले उठाएको नागरिकता, संघियता , आरक्षण, पहचान, स्वाभिमान लगायतका मागंहरू राष्ट्रिय एजेन्डा बनिसको छ ।”

पर्सा टाईम्स दैनिकले “पर्सामा नाम कमाएका दुई नेता , जो कहिले चुनाव जितेनन् ” शिर्षकमा समाचार लेखेको थियो । त्यसको २४ पछि नेता समानी आफ्नो फेसबुकमा केहि संर्षस र राजनिति बारेमा लेखेका छन ।

उनले मधेशको समस्या केहि आंशिक रूपमा पुरा हुन सुरू भईसकेको बताएका छन । यस्तै नेता समानीले हाम्रो आन्दोलन जारी छ , हाम्रो मागं पुरा हुन्छ , आउने दिनमा कामको आधारमा चुनाव पनी जितिन छ हामीलाई बिस्वास व्यक्त गरेका छन ।

उनको फेसबुकमा प्रत्रिक्रिया यस्तो छ ।
बिगतमा मधेशको लागी हामी संघर्ष गर्दा धेरै कठिन अवस्था थियो उमेदवार पनी पाउदैन थियो यस्तो अवस्थामा पनी मधेशी जनताको अधिकारको लागी संघर्ष गर्दै आइरहेका छौ । मेरो घर पर्साको क्षेत्र नं ३ मा भएता पनी क्षेत्र नं ५ बाट संबिधान सभाको चुनावमा उम्मेदवार हुनु पर्यो , बिधार्थी हुँदा बीरगंजको ठाकुर राम क्याम्पसमा चुनाव लडने उमेदवार न हुदा चुनाव लडनु पर्यो हामी चुनाव जितनका लागी मात्र होइन मधेशमा आफ्नो उपस्थिति तथा चुनावलाई संघर्षको रूपमा पनी लिने गरेका कारण आज हामि सड़क, संसद तथा सरकारमा रहेर पनी संघर्ष गरिरहेका छौ चुनावमा हार जित एउटा प्रकृया हो निश्चित रूपमा जो चुनाव लड छ त्यो हार छ वा जित छ निश्चित समयको लागि मात्र हमेसाको लागी होइन त्यसैले हामी राजनीतिमा मधेशी जनताको अधिकारको लागि आएका छौ पदमा न भए पनि आफ्नो छमता ले भ्याए अनुसार बिकास निर्माणको साथै समाजिक गतिविधि लगायतका काम गरि रहेका छौ । हामी निरास भएका छैनो किन भने हामीले उठाएको नागरिकता, संघियता , आरक्षण, पहचान, स्वाभिमान लगायतका मागंहरू राष्ट्रिय एजेन्डा बनिसको छ र केहि आन्सिक रूपमा पुरा हुन सुरू भै सकेको छ । हाम्रो आन्दोलन जारी छ , हाम्रो मागं पुरा हुन्छ , आउने दिनमा कामको आधारमा चुनाव पनी जितिन छ हामीलाई बिस्वाश छ । धन्यवाद

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: