Monday, February 26, 2024
spot_img
Homeफिचरपर्सामा नाम कमाएका दुई नेता , जो कहिले चुनाव जितेनन्

पर्सामा नाम कमाएका दुई नेता , जो कहिले चुनाव जितेनन्

वीरगन्ज,१३ असार /

पर्साको राजनितिमा नाम चलेका दुई नेता लगातार पराजित हुदै आएका छन । स्वर्गीय गजेन्द्र नारायण सिंह नेतृत्वको सद्भावना पार्टीबाट राजनितिमा आएका नेताद्धय शिव पटेल र निजामुदिन समानीलाई पटक पटकको निर्वाचनमा जनताले पत्याएका छैनन् ।


विगतको निर्वाचनमा यी दुबै नेता प्रतिनिधि सभा सदस्यका लागी चुनाव पनि लडेका छन । तर जित्न सकेनन् ।
देशमा संघियता आएपछि यी दुबै नेता मेयर बन्ने तयारीका साथ निर्वाचनमा होमिने गरेका छन । तर निर्वाचित हुदैनन् । यी नेता भन्दा पछाडी राजनितिमा आएकाहरु अहिले संघिय सांसद , प्रदेश सांसद देखि मेयर समेत भईसकेका छन ।
गत २०७४ र २०७९ मा स्थानीय तह निर्वाचन लडेका यी दुई जना नेता लगातार पराजित भएका छन । करिब ३० बर्षदेखि मधेशी दल र मधेशका लागी राजनिति गरीरहेका यी नेतालाई जनताको लागी काम गर्न सक्ने ठाँउमा पग्न सकेका छैनन् ।
राजनिति बाहेक केहि पेशा नरेहका यी नेताहरु पटक–पटकको प्रयासमा पनि सफल नभएपछि निराश भएका छन । मधेशी दलबाट मधेशको बिकाश सम्भव नहुने भन्दै मधेशी दल छाडेर शिव पटेल गत चैत महिनामा नेकपा एमाले प्रवेश गरे ।
एमाले प्रवेश गरेका शिव बहुदरमाई नगरपालिकाको मेयरमा चुनाव लडे । तर (जसपा) का सिंगासन सा तेलीले शिवलाई पराजित गरेका छन् । जसपाका तेलीले ६ हजार ४ सय मत पाएका छन् भने एमालेका पटेलले ५ हजार ६५८ मत ल्याए । शिवलाई ३ सय ४६ मतले पराजित गर्दै तेली मेयरमा निर्वाचित भएका हुन् ।


यस्तै गत २०७४ सालको स्थानीयतह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट बहुदरमाई नगरपालिकाको मेयरमा शिव चुनाव लडे । त्यसबेला उनले २ हजार ६ सय १५ मत पाएर दोस्रो स्थान प्राप्त गरे । नेपाली कांग्रेसबाट निवर्तमान मेयर नितेन्द्र साह ३ हजार ४ सय ३१ मत ल्याएर निर्वाचित भएका थिए ।
शिव जस्तै निजामुििदन समानी पनि पटक–पटकको प्रयासमा सफल भएका छैनन् । समानी अहिले पनि मधेशी दल लोकतान्त्रिक समाजवादी पार्टी मै छन ।



गत २०७४ सालको स्थानीयतह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट पोखरीया नगरपालिकामा चुनाव लडेका समानी ९ सय ८० मत पाए । राष्ट्रिय जनता दलबाट निवर्तमान मेयर दिपनारायण रौनीयार ३ हजार २५ मत ल्याएर निर्वाचित भएका थिए ।

समानी यसपटक २०७९ बैशाख ३० को स्थानीय निर्वाचनमा चौथो नम्बर हासिल गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: