Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीझापामा बोराभित्र शव भेटियो

झापामा बोराभित्र शव भेटियो

वीरगन्ज,१३ असार /
झापामा बोराभित्र शव फेला परेको छ । अर्जुनधारा( ४ सहासीटोल पहिनीको कल्भर्टमा एक पुरुषको शव भेटिएको हो ।

उनको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । शव केही दिनअघिको जस्तो देखिएको उनले बताए । स्थानीयले खबर गरेपछि आइतबार साँझ पुग्दा शव भेट्यौँ, उनले भने, बोराभित्र बोराको मुख बाँधेर शव कल्भर्टमा फालिएकाले हत्या आशंका गर्न सकिन्छ ।

मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उनको दुवै कुममा आरएन लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: