Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीसामुदायिक विद्यालय : भंगी साह उच्च माध्यमिक विद्यालयमा तालाबन्दी

सामुदायिक विद्यालय : भंगी साह उच्च माध्यमिक विद्यालयमा तालाबन्दी


वीरगन्ज,१२ असार /

पर्सामा एक सामुदायिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन । जिल्लाको
बहुदरमाई नगरपालिका ९ विश्रामपुरमा रहेको भंगी साह उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका हुन । आन्दोलित रहेका विधार्थीहरुले आज तालाबन्दी गरेका छन्। विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आज विधाालयको मुल गेटमा तालाबन्दी गरेका हुन्।

मावि तहमा दिनको ७ घण्टी पढाइ हुनु पर्नेमा मावि तहमा ४ जना मात्रै शिक्षक भएकाले पूरा घण्टी पढाइ नै नभएकाले शिक्षकहरुको माग गर्दै विधार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्।

शिक्षकको पदपुर्तिको माग राखेर ७ दिनको अल्टिमेट दिदा समेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आइतबाार विद्यालयमा तालाबन्दी गर्नु परेको कक्षा १० मा अध्ययनरत छात्राहरुले बताएका छन ।

नगरपालिका र वडामा नवनिर्वाचित जनप्रतिनिधि आए पनि उनीहरुले पनि विद्यालयको समस्या प्रति ध्यान नदिएको विद्यार्थीहरुको आोप छ ।

विद्यालयका प्रधानाध्यापक सुधाकर उपाध्यायले पनि दरबन्दी अनुसारका शिक्षक नहुँदा समस्या भएको स्वीकारे। विद्यालयमा दबरन्दी अनुसारका शिक्षक नहुँदा विधार्थीको पठनपाठनमै असर परेपछि विधार्थीहरुले बाध्य भएर तालाबन्दी गरेको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: