Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीसार्वजनिक सवारी साधनको भाडा घट्यो

सार्वजनिक सवारी साधनको भाडा घट्यो

वीरगन्ज,१२ असार /

सार्वजनिक सवारी साधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ।

आजदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भइ राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार समायोजन भएको विभागले जनाएको छ । सरकारले शनिबार पेट्रोलको प्रतिलिटर २० र डीजेलको प्रतिलीटर २९ रुपैंया घटाएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: