Monday, February 26, 2024
spot_img
Homeजीवनशैलीवीरगन्जमा शैक्षिक माफिया सल्बलाउन थाले , अनुमति बिना शैक्षिक मेला आयोजना

वीरगन्जमा शैक्षिक माफिया सल्बलाउन थाले , अनुमति बिना शैक्षिक मेला आयोजना


वीरगन्ज,१२ असार /

अफेयर्स नेपाल प्रालिको आयोजनामा वीरगन्जमा आजदेखी सुरु भएको ‘स्टडी ईन ईण्डिया एक्सो’ शैक्षिक मेला स्थानीय प्रशासनको अनुमति बिना नै आयोजना भएको छ ।

वीरगन्ज आर्दशनगर स्थित लर्डस् दियालोमा जुन २६ र २७ गरी दुई दिने आयोजना भएको शैक्षिक मेला प्रशासनको अनुमति बिना नै आयोजना भएको हो ।

पछिल्लो समय वीरगन्जमा आयोजना हुदै आएको शैक्षिक मेला स्थानीय प्रशासन र वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाको अनुमति बिना नै आयोजना हुदै आएको छ ।

अनुमति बिना आयोजना गरेर शैक्षिक मेलाको नाममा नवयुवाहरूको भविष्य धूमिल बनाउने काम भईरहेको अभिभावकहरुको ठहर छ ।

वीरगन्जमा रहेका शैक्षिक माफियाका कारण विद्यार्थीहरूको भविष्य अन्धाकार तर्फ धकेलिदै गएको अभिभावकहरु बताउँछन ।

नेपालका विभिन्न शहरमा राम्रा राम्रा कलेज भएपनि शैक्षिक माफियाहरुले पैसा कमाउन विद्यार्थीहरुलाई बेच्न थालेको उनीहरुको आरोप छ ।

मेलाले शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको यहाँका अभिभावहरु विद्यार्थीहरुको भविष्यबारे चिन्ता प्रकट गरेका छन ।

‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ । यसकै फाईदा उठाँउदै शैक्षिक माफिया विद्यार्थीहरुलाई बेच्न थालेका छन ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वीरगन्जमा आयोजना भएको मेला बारेमा आफु बेखबर रहेको बताएका छन ।

मेला आयोजना गर्ने अनुमति दिनुपर्छ , तर हिजो शनिबार रहेकाले अनुमति बिना नै मेला आयोजना भएको जस्तो लाग्छ , उनले भने ।

मेला बारे के भनिएको छ

नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको भनिएको छ, मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपालि विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा हामि विश्वस्त छौ । तर यो हावादारी कुरा रहेको अभिभावहरुले बताएका छन । यहाँबाट शैक्षिक मेला आयोजना गरेर विद्यार्थी लग्ने र कलेजमा पुगेपछि विभिन्न किसिमको समस्या दिने काम हुदै आएको उनीहरुको आरोप छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: