Sunday, February 25, 2024
spot_img
Homeजीवनशैलीलागुऔषध प्रयोगकर्ता बढे, पक्राउ पर्ने घटे

लागुऔषध प्रयोगकर्ता बढे, पक्राउ पर्ने घटे

वीरगन्ज,१२ असार /
बाँकेमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गए पनि पक्राउ पर्नेको संख्या घटेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको ७ असारसम्म १० महिला र एक सय ७५ पुरुष गरी एक सय ८५ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारकर्ता पक्राउ परेका छन् । गत आवमा ११ महिला र एक सय ८५ पुरुष गरी एक सय ९६ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये गत वर्ष एक सय २६ जनाविरुद्ध मुद्दा चलाइएको थियो । चालू आवको ७ असारसम्म एक सय १२ जनाविरुद्ध मुद्दा चलाइएको लागुऔषध दुर्व्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका संयोजकसमेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा लागुऔषध ओसारपसारका लागि प्रयोग हुने मुख्य नाका भएको बताउँदै उनले चालू आवको ७ असारसम्म ८९०. ९९ ग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको जानकारी दिए । गत आवमा बाँकेमा ५७० ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

चरेस, अफिम, गाँजा र कोरेक्स बरामद कम भए पनि नाइट्रोजन भ्याट र ट्रामाडोल बरामद बढेको उनले बताए । केसीले चालू आवमा चार हजार २५ ट्याब्लेट नाइट्रोजन भ्याट र दुई हजार चार सय ३० ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी दिए । गत आवमा एक हजार तीन सय १० ट्याब्लेट नाइट्रोजन भ्याट र एक हजार ७० ट्याब्लेट ट्रामाडोल बरामद भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: